घटना

भारतिय युवकको हत्यामा दुई जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको केराबारीको किनारामा एक भारतिय युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो । बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनले भने, ‘गुप्ता बुढाको अटोमा बसेर आफ्नो गन्तव्यतिर गैरहेको र गुप्ताले बीचमा तिमीहरु नेपाली यस्तो–उस्ता भनेपछि अपसमा विवाद बढेपछि अटोबाट तल फालेर अटोमो रहेको काठको लठ्ठीले अनुहारमा हिर्काउँदा गुप्ताको मृत्यु भएको भुपेन्द्र बुढाले बयान दिएको बताउनुभयो । अहिल् उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो । तिनै जनाले त्यस अवस्थामा मदिरा सेवन गरेको कुरापनि स्वीकार गरेका छन् ।

बिज्ञापन

उक्त अवसरमा दिनरात खटेर अनुन्धानलाई निष्र्कसमा ल्याउन सहयोग गरेका सादा पोशाकको कमाण्ड सम्हालेका प्रहरी नायब निरिक्षक शुसिल चन्द, महेश चन्द, प्रसनि मोहन रावल, प्रहरी जवान लक्ष्मी सुनारलाई एक हजार नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो । गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।