आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल एक विशिष्ट आध्यात्मिक संस्था हो : डा. रणबहादुर रावल

बिज्ञापन

टीकापुर, २८ फागुन । सन्त निरंकारी मण्डल एक विशिष्ट आध्यात्मिक संस्था हो, सुदूरपश्चिम प्रदेशका प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननिय डा. रणबहादुर रावलले भन्नुभयो । उक्त कुरा रावलले सन्त निरंकारी मण्डल टीकापुरद्वारा आयोजना गरिएको नव निर्मित दुई कोठे भवनको उद्घाटन गर्ने क्रममा बताउनुभएको हो । ‘सरकारले गर्ने कतिपय कार्यहरु सन्त निरंकारी मण्डलका अनुयाई सेवादलका भाइ–बहिनी तथा सन्त–भक्तहरुले गर्दै आइरहेका छन् । यो अति नै प्रशंसनिय कार्य हो । अरु ठाउँमा हिसाब–किताबको कुनै व्यवस्था हुँदैन, हिसाब–किताब त्यति चुस्त रुपमा पाईदैन तर सन्त निरंकारी मण्डलमा भने एक-एक कौडीको सही हिसाब–किताब राखेर उचित ठाउँमा लगाइएको पाइएको छ । यस कुरामा मैलेपनि धेरै महसूस गरेको छु’, उहाँले भन्नुभयो ।

बिज्ञापन

नव निर्मित दुई कोठे भवनमा सेवादलको कार्यलय तथा प्रकाशन तथा बिक्रि कक्ष रहेका छन्, जुन पाँच लाखको लागतामा शहरी विकास तथा भवन निर्माण विभाग धनगढीको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

उहाँले मण्डलको प्रशंसा गर्दै अगाडि भन्नुभयो, ‘सन्त निरंकारी मण्डलले विश्वमा समय–समयमा रक्तदान तथा वृक्षा रोपण गरेर ठुलो मानव सेवा गर्दै आइरहेको छ । दैविय प्रकोप होस वा आफतकालिन राहत, महामारीको अवस्था होस जस्तोसुकै परिस्थितिमा पनि राहत पुरयाउने कार्य गर्दै आइरहेको छ यो अति नै प्रशंसनिय कार्य भएको बताउनुभयोे । विद्यालयको थप भौतिक संरचना निर्माणको लागि जुन माँग मण्डलको तर्फबाट राखिको छ, त्यो निकै जायज छ, आफ्नो तर्फबाट सम्बन्धित निकायमा यसको लागि पहल गर्ने पनि बताउनुभयो ।
.
त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका प्रधान नरबहादुर रावलले पनि सहभागी सबैलाई आफ्नो अमूल्य समय दिएर पाल्नुभएकोमा ह्दयदेखि नै धन्यवाद दिदै भन्नुभयोकि सद्गुरु बाबा जीले जो हामीलाई प्रेरणा दिनुभएको छ ‘धर्म परिवर्तन होइन, भावना परिवर्तन गरौं’, ‘धर्मले जोड्छ तोड्दैन’, ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ जस्ता अनेकौ अमूल्य बाणीहरु जो मानवको लागि अति आवश्यक रहेका छन् साथै बन्धुत्वलाई जोड्ने जुन महान बाणीहरु छन् ती बाणीहरुको कारणले नै आज हामी बिभिन्न समुदायका व्यक्तिहरु एकजुट हुनपुगेका छौ । उहाँले अगाडि भन्नुभयो, ‘२०४७ सालदेखि सानो झुपडीबाट शुरु गरिएको सन्त निरंकारी विद्यालय सम्पूर्ण सन्त–भक्त तथा सन्त निरंकारी मण्डलको विशेष सहयोगमा यो कार्यले आज विशाल भवनको रुप लिएको छ । पछिल्ला दिनहरुमा पनि नेपाल सरकारले सानो–तिनो सहयोग पुरयाउँदै आएको छ । अगामि दिनहरुमा पनि यस्तै सहयोग सरकारबाट होस भन्ने मण्डलको अपेक्षा रहेको बताउनुभयो ।

सन्त निरंकारी मण्डल नेपालका प्रधान नरबहादुर रावलको सभापतित्वमा आयोजित उक्त उद्घाटन समारोहमा काठमाडौंबाट आउनु भएका समाजसेवी पारु थापा, टीकापुर सत्संगका मुखी महादेव भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्लेले नक्शा बनाएको स्टेटमेन्टलाई सबै सामु पढेर सुनाउनुभएको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय संचालक नरबहादुर बटालाले गर्नुभएको थियो ।

बिज्ञापन