राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङ जिल्लामा अध्यक्ष चयन

राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङ जिल्लामा अध्यक्ष चयन गरेको छ ।
सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिती गठन भएको छ भने शेरचनको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ।
यसैगरि धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ। लोसपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन्। हिजो मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो।
जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
