आफ्नो पहिचान र अस्तित्वका लागि थारु समुदाय एकजुट हुनुपर्नेः केन्द्रिय अध्यक्ष रन्जिता

तुलसीपुर । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रन्जिता चौधरी (श्रेष्ठ) ले सबै जातजातिहरुले आफ्नो पहिचान र अधिकारको लागि लड्नु पर्ने समय भएको बताउनुभएको छ । नागरिक उन्मुक्ति पार्टी दाङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले थारु जातिको पहिचान र अस्तित्वका लागि थारु समुदाय एकजुट हुनुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीका केद्रिय प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टी दाङ जिल्ला अध्यक्ष कुमार चौधरी, तुलसीपुर उपमहानगरपालिका १५ डुरुवाका थारु बुद्धिजिबि रोहित चौधरी, तुलसीपुर उपमहानगरपलिका ५ नमुना भुयार थान समितिका अध्यक्ष तथा कानुनी अधिबक्ता रामशरण चौधरी,घोराही उपमहानगरपालिका ८ का समाजसेवि धनिराम चौधरी र थारु बुद्धिजिवि कनैलाल चौधरी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन शान्ता चौधरीले गनुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

