श्रीमतीले बन्चरो प्रहार गरि श्रीमानको हत्या

नवलपरासी । श्रीमतीले बन्चरो प्रहार गरि श्रीमानको बिभत्स हत्या गरेकेछिन् । उनी अहिले श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् ।
बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ । श्यामकुमारीले घरायसी विवादको क्रममा श्रीमानलाई बन्चरो प्रहार गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते चमनसिंहलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो। प्रहरीले उपचारको क्रममा चमनसिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ श्रीमती श्यामकुमारी पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
