राष्ट्रिय समाचार

राष्ट्रिय भूमि आयोग र घोडाघोडी नगरपालिका बिच सम्झौता
लगत सङ्कलन कार्यले निरन्तरता पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुखड । नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र घोडाघोडी नगरपालिका बिच सम्झौता भएको छ । आयोग र घोडाघोडी नगरपालिका बिच सोमबार भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै घोडाघोडीमा लगत सङ्कलन कार्यले निरन्तरता पाउने भएको छ । आयोग र घोडाघोडी नगरपालिका बिच सम्झौता दलित, सुकुम्वासी र विपन्न वर्ग खुसी भएका छन् ।

बिज्ञापन

कोही पनि दलित, सुकुम्वासी र विपन्नलाई समस्या नहुने गरी तथा सबैलाई जग्गा र घर भएको गाउँ बासी बनाउने उद्देश्यका साथ काम गर्ने नगर प्रमुख चौधरीले बताए । उहाँले भूमिहीन सुकुम्वासीहरूको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । उहाँले फेरि फेरि आयोग गठन गर्न नपर्ने गरी काम सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।