मानव तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ

सुनसरी । सुनसरीमा मानव तस्करीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।

फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
