श्रीमतीले बन्चरो प्रहार गरि श्रीमानको हत्या

नवलपरासी । श्रीमतीले बन्चरो प्रहार गरि श्रीमानको बिभत्स हत्या गरेकेछिन् । उनी अहिले श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् ।
बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ । श्यामकुमारीले घरायसी विवादको क्रममा श्रीमानलाई बन्चरो प्रहार गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते चमनसिंहलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो। प्रहरीले उपचारको क्रममा चमनसिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ श्रीमती श्यामकुमारी पक्राउ गरेको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।