एमाले सधैं मधेशको पक्षमा : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैं मधेशको पक्षमा रहेको दाबी गरेका छन्। एमाले धनुषाको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले रहेकोे जिकिर गरे ।
‘एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो,’ उनले भने, ‘एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको छ।’ एमालेका सचिव रघुविर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकीर गरे।
जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
