स्वास्थ तथा सरसफाइ

खुर्सानी सेवन गर्नेलाई मुटुरोगको सम्भावना कम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नियमित रुपमा खुर्सानी सेवनले हृदय रोगको सम्भावना कम हुने नयाँ तथ्य फेला परेको छ । चीनको सन यात्सेन विश्वविद्यालय सम्बद्ध नम्बर ८ अस्पतालका प्रोफेसर ह्वाङ हुइको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट उक्त कुरा पत्ता लागेको हो ।

स्वस्थ आहारको लागि खुर्सानी सेवन अत्यावश्यक रहेको ह्वाङको भनाइ छ । नियमित रूपमा खुर्सानी प्रयोग गर्नाले मुटुको भल्भहरुमा थिग्रिने क्याल्सियमलाई प्रभावकारी रूपमा सफा गर्ने हुईको अनुसन्धान टोलीको निश्कर्ष छ ।
हुआङ र उनको टोलीले यहि मार्च २ तारिखमा हाइपरटेन्सन सम्बन्धी मेडिकल जर्नलमा आफ्नो पेपर प्रकाशित गरेर भास्कुलर क्याल्सिफिकेशनले हृदयाघातका घटना बढाउने भएकाले मानिसलाई खुर्सानी खान आग्रह गरेको हो ।

बिज्ञापन

ह्वाङले भने, ‘खोज धेरै महत्त्वपूर्ण छ, यदि कुनै व्यक्तिले खुर्सानीको नियमित सेवन गरेर भास्कुलर क्याल्सिफिकेशनको घटनालाई रोक्न वा उल्टाउन सक्ने भएकाले यो ठूलो उपलब्धी हो ।’

उनका अनुसार अन्य अन्वेषकहरूले पनि क्याप्साइसिन अर्थात खुर्सानीमा हुने मुख्य तत्वले एन्टिइन्फ्लेमेटरी, एनाल्जेसिक, एन्टिट्यूमर र हृदयाघात जस्ता रोग र सम्भावनाको न्यूनीकरण गर्ने तथ्य पत्ता लगाइसकेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।