खेलकुद

मेयर भलिबल प्रतियोगितामा टिकापुर बहुमुखी क्याम्पस फाईनलमा प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । ग्रामिण स्तरबाट महिला खेलाडी उत्पादन गर्न उदेश्यले एस पीए कलेजको आयोजनामा धनगढीमा जारी चौथो मेयर एसपीए कप भलिबल प्रतियोगितामा एसपीए कलेज धनगढी र टिकापुर बहुमुखी क्याम्पस फाईनल प्रवेश गरेका छन् ।
हिजो विहान भएको चार वटा क्वाटर फाईनल खेल मध्ये पहिलो खेलमा बेहडा बाबा मावि लाई हराउँदै एसपीए बिजयी, दोस्रो खेलमा राष्ट्रिय मावि सुख्खडलाई हराउँदै टिकापुर बहुमुखी क्याम्पस बिजयी, तेस्रो खेलमा कैलाली बहुमुखी क्याम्पसलाई हराउँदै दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बिजयी हुदाँ चौथो खेलमा ऐश्वर्य माविलार्ई हराउँदै कान्तिराज्य मावि बिजयी भएको चौथो मेयर एसपीए कप महिला भलिबल प्रतियोगिताका संयोजक भागिराम चौधरीले जानकारी दिए ।

त्यस्तै हिजो साझँ भएको सेमिफाईनल खेलमा कान्तिराज्य मावि लाई ३–१ को सेटमा हराउँदै एसपीए कलेज फाईनल प्रवेश गरेको छ भने दुर्गा बहुमुखी क्याम्पस अतरिया लाई ३– ० को सेटमा हराउँदै टीकापुर बहुमुखी क्याम्पस फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तरर्गत भोली विहान फाईनल खेलको आयोजना हुने छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दोस्रो हुने टिमले २५ हजार र तेस्रो टिमले नगद १२ हजार पुरुस्कार पाउँने छन् । प्रतियोगितामा जिल्लाका ९ वटा कलेजहरुको सहभागिता रहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।