अर्थ

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य वृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३८, हवाई इन्धन आन्तरिक को मूल्य प्रतिलिटर एक सय ५१ र हवाई इन्धन अन्तर्राष्ट्रिय को मूल्य प्रतिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ ।

बिज्ञापन

मूल्य वृद्धि गर्दा पनि आउँदो १५ दिनमा झन्डै चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन आईओसी लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।