राष्ट्रिय समाचार

निर्वाचन खर्च बैंक खाताबाट गर्नुपर्ने नियम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । जसबाट लगानीयोग्य तरलताको समस्या झेलिरहेका बैंक तथा वित्तीय संस्थाहरूको लागि केही राहत हुने देखिएको छ ।

निर्वाचन आयोगले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने बताएको हो । आयोगले स्थानीय तहको निर्वाचनमा पदअनुसार चुनाव खर्च पनि तोकेको छ । जसअनुसार महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख रुपैयाँमात्र खर्च गर्न पाउनेछन् ।
निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरूले बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ । साथै, खर्च गर्ने जिम्मेवार पदाधिकारी पनि तोक्नुपर्ने छ । त्यसैगरी राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्ने छ ।
आयोगले ५० हजारभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत लिनुुपर्ने पनि बताएको छ । दल तथा उम्मेदवारहरूले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने भन्दै निर्वाचन आचार संहिताले बहालवाला स्थानीय तहका पदाधिकारीले फेरि निर्वाचनमा उठ्दा वर्तमान कार्यकालको बेरुजु फर्स्योट पनि गरेको हुनुपर्ने उल्लेख गरेको छ । यसबाट बेरुजु फर्स्योटमा सहयोग हुने आयोगको अपेक्षा छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।