घटना

मोटर साईकल दुर्घटनामा दुईजनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । हिजो शुक्रबारको मध्यान्न मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्युको भएको छ । टीकापुर नगरपाललिका– ३ का १७ वर्षिय एक जना युवक र मुर्गवा, बर्दिया बस्ने एक जना युवकको उक्त दुर्घटनामा मृत्यु भएको हो ।


खक्रोला रोडमा पर्ने पुरानो बम राईस मिलको अलि माथितिर टीकापुरतिरबाट आइरहेको मोटर साईकल कल्भटको खाल्डोमा अनियन्त्रि हुँदा दुई वटा मोटर साईकल एक आपसमा जुझिदा दुर्घटना भएको कुरा एक जना स्थानीय व्यापारी तथा शिक्षकले मालिका समाचारलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘बम राईस मिलको अगाडि बस्ने मृतक युवाको परिवारले कुखुरा पालन गर्दै आएको र त्यस दिन ती युवा कुखुराको दान लिनको लागि मोटर साईकलमा गइरहेको बेला टीकापुरतिरबाट आइरहेको दुई जना सवार मोटर साईकलले एक्कासी ठक्कर दिदा सो दुर्घटना घट्न पुगेको हो । दुर्घटान हुँदा एक जना युवकको घटना घटेको केहि समयमै उपचार गर्न लैजाने क्रममा मृत्यु भएको र अर्को पछाडि बस्ने बर्दिया मुर्गवाको युवकको कोहलपुर लैजाँदा लैजाँदै बासगढी नजिक मृत्यु भएको हो । मोटर साइकल चालकको भने कोहलपुरमा मेडिकलमा उपचार भइरहेको छ ।’
टीकापुर निवासी मृतक युवकको अब एक जना बहिनी मात्र रहेकी छिन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।