राजनीति

मेयर, उपमेयरको मनोनयन बैशाख ११ र १२ गते

बिज्ञापन

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यक्रम तय गरेको छ । हिजो बसेको आयोग बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
ती दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने छ । आयोगले वैशाख १२ गते ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशित गर्ने, १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यक्रम बनाएको छ ।

१४ र १५ गते मनोनयनपत्रको जाँच गर्ने र परेका उजुरीमाथि निर्णय गर्ने कार्यक्रम रहेको छ । बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने छ ।

बिज्ञापन
बिज्ञापन