आस्था /आध्यात्म

सत्यको हुन्छ सधैं बोलवालो,
असत्यको सधैं हुन्छ मुख कालो– नर बहादुर रावल (स.नि.म. नेपाल प्रभारी)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज । सन्त निरंकारी मण्डल नेपालको नेपालगन्जमा रहेको सत्संग भवनमा चैत्र ०५ गते शनिबारका दिन आयोजित सत्संगमा उपस्थित निरंकारी सन्त–महापुरुषहरुलाई सन्त निरंकारी मण्डल नेपालका प्रभारी नर बहादुर रावलले सम्बोधन गर्दै भन्नुभयो– ‘सत्यको हुन्छ सधैं बोलवालो, असत्यको हुन्छ मुख कालो’, प्रसंङ्ग रहेको छकि हिरण्यकश्यप दानव राजाको घरमा जन्मेका परमात्मा–हरिका भक्त प्रह्लादले जस्तै रहोस परिस्थिति एउटै रहोस मनस्थिति जस्तो अनेकौं प्रतिकूल परिस्थितिमा पनि कत्तिपनि विचलित नभएर एक हरि सिवाय संसारमा अर्को कोहि छैन, मेरो बुवा हिरण्यकस्यप एक राजा मात्र हुन, भगवान होइन, सबैले हिरण्यकश्यपलाई भगवान भनेर जयकारा नारा लगाए पनि प्रह्लादले एक हरि–निराकारको मार्गबाट कत्तिपनि विचलित नभएर बुवाले अनकौं यातना दिदा पनि उनलाई कुनै प्रभाव परेन । हिरण्यकश्यपले आगोमा आफ्नी बहिनी होलीकाको काखमा प्रह्लादलाई राखेर चीता दहन गर्दा पनि उनी चीताबाट सकुशल बाहिर आउन सफल भए ।’

उहाँले अगाडि भन्नुभयो– ‘जाको राखे शैयाँ, मार सकेन कोइ’ यदि भगवान साथमा छभने कसैले केहिपनि गर्न सक्दैन । प्रह्लादलाई कुवाँमा फालियो, पहाडबाट खसालियो, हात्तीबाट कुल्चाउन लगाइयो तर भक्त प्रह्लादलाई केहि भएन । उनको मुख सधै हसिलो नै रह्यो तर असत्यको बाटोलाई रोजेका हिरण्यकश्यपको मुख भने सधैं कालो नै रह्यो अर्थात सत्यको अवश्य एक पटक असत्यमाथि जीत हुन्छ यस उदाहरणबाट हामीलाई प्रष्ट हुन्छ, उहाँले भन्नुभयो । त्यसैले आउँ हामी सबै सन्त–महापुरुष सद्गुरुले देखाएको सत्यको बाटोलाई अंगाल्दै गुरुको वचनमा चलौं ।

बिज्ञापन

कार्यक्रममा सेवादलका क्षेत्रिय संचालक नरबहादुर बटाला, सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, मुम्बईबाट आएका गीतकार प्रेम सिंह, तेज बहादुर बोहरा लगायत स्थानीय मुखी शीव प्रसाद गोदीयारले आफ्नो अमूल्य प्रवचन तथा भजन प्रस्तुत गर्नुभएको थियो भने सत्संगको संचालन संजय श्रेष्ठले गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।