अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि सामाजिक सञ्जालमा तरङ्ग !

काठमाडौ । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ ।

‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले सेतोपाटीसँग भने, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ ।’
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। ‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
