घटना

कैलालीको लम्कीमा दिउँसै चक्कु प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको लम्कीमा आज दिउँसो एक युवकमाथि चक्कु प्रहार गरिएको छ । विवादका क्रममा चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापा घाइते भएका थिए । चक्कु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रावलसंगै रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । दुई वटा चक्कु, मोबाइल र केही लागुपदार्थ बरामद गरेको लम्की प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।