झण्डै १५,००० रुसी सैनिक मारिएको युक्रेनको दाबी

किभ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् ।
रुसले गएको फेब्रुअरीमा २४ युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेनको जनरल स्टाफको फेसबुक पेजमा पोस्ट गरिएको अपडेटमा २५ दिनको लडाइमा १४ हजार सात सय रुसी फौज मारिएको अधिकारीहरूले बताएका छन् ।

द्वन्द्वमा लगभग ४७६ ट्याङ्क, दुई सय भन्दा बढी लडाकु विमान, हेलिकप्टर र ड्रोन र एक हजार ४८७ बख्तरबन्द सैनिक तथा कर्मचारी बाहकसहित ठुलो मात्रामा सैन्य सामग्री नष्ट भएको दाबी गरिएको छ ।
यस तथ्याङ्कलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । यद्यपि, रुसले महत्वपूर्ण क्षति भोगेको पश्चिमी स्रोतहरूको विश्वास छ । अमेरिकी रक्षा अधिकारीहरूले कम्तीमा सात हजार रुसी सेनाहरू मारिएका र २१ हजार घाइते भएका अनुमान गरेका छन् । बीबीसीबाट ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।