राजनीति

गोपी हमाललाई विवेकशील साझा पार्टीले सघाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका गोपी हमाललाई विवेकशील साझा पार्टीले सघाउने भएको छ ।
त्यसबेला उनी पार्टीको सुदूरपश्चिम संयोजक थिए । हमालले पार्टी छाडेपछि दिनेश भण्डारी विवेकशील साझाको सुदूरपश्चिम संयोजक चयन भएका छन् ।
भण्डारीले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमाललाई सघाउने निर्णय पार्टीमा भएको बताए । मेयरमा हमाललाई सघाउने र उपमेयरमा भने पार्टीले उम्मेदवारी दिने उनले जानकारी दिए ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृप बहादुर वडसँग पराजित भएका थिए । पराजित भएलगत्तै हमाल विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूपश्चिम प्रदेश संयोजक चयन भएका थिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।