कतार एयरवेजको विमान कराचीमा आपतकालीन अवतरण

समाचार एजेन्सी । भारतको दिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान पाकिस्तानको कराची विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
समचार एजेन्सी पीटीआईका अनुसार सोमबार कतार एयरवेजको उडिरहेको यात्रुवाहक विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो ।
विमानको कार्गो रहेको भागमा धुँवा निक्लिएको संकेत पाएपछि विमानलाई डाइर्भट गरिएको थियो ।

विमान कराचीमा सुरक्षित रुपमा अवतरण गरेको र सबै यात्रुलाई सकुशल बाहिर निकालिएको कतार एयरवेजले जनाएको छ । विमानमा एक सय बढी यात्रु सवार थिए ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र यात्रुहरुलाई दोहा लैजानका लागि अर्को उडानको व्यवस्थापन भइरहेको समचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
कम्पनीले यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
