अर्थ

रसिया र युक्रेनको लडाईको प्रभाव नेपालमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । रसिया र युक्रेन लडाईको प्रभाव नेपालमा देखिन थालेको छ । रसियाले युक्रेन माथी हमला गरेपछि बढेको पेट्रोलको मूल्य नेपालमा दिन प्रतिदिन अकाशिदै गइरहेको छ । यसको ठुलो असर निम्न आय–आर्जन भएका रिक्सा चालकहरुमाथि परेको छ ।

कैलाली जिल्लाको लम्की–चुहा नगर–२ मोतिपुर बस्ने शकर टमट्टा भन्छन्– ‘आफूसंग पेट्रोल गाडी (अटोरिक्सा ) भएकोले पेट्रोलको भाव १ सय ५५ पुगेपछि भाडामा आउने यात्रीहरु महङ्गो हुन्छ भनेर आफ्नो गाडीमा बस्न नमानेको बताउँछन् । महिनाको ११ हजार रुपियाँ किस्ता भर्नु पर्ने, ३ छोराको पढाई खर्च संगै आफू बुढा–बुढी मिलाएर ५ जनाको परिवार रहेको र लामो समयसम्म लकडाउनमा ब्याजमा पैसा निकालेर किस्ता बुझाएको ब्याज तिर्नुपर्ने छ । सुरु–सुरुमा पेट्रोल १ सय प्रति लिटर रहेको बेला दैनिक २ हजार २५ सय जस्तो टोटल हुने गरेको भएपनि हाल भने ५–६ सय पनि नपुग्ने गरेको बताए ।’

बिज्ञापन

अर्का युवा रिक्सा चालक नविन ढकाल भन्छन्– ‘युवालेले गर्ने खालको कुनै रोजगारी नभेटेपछि पछि आफुले रिक्सा चलाउन सुरु गरेको हुँ । घरमा बुवा–आमा, ्भाइ–बहिनी छन् । रोजगारीको कुनै अवसर छैन । रिक्सा चलाएर केहि हुन्छ कि भनेर रिक्सा चलाउन थाले तर अहिले पेट्रोलको भावले गर्दा कोही रिक्सा चढ्ने मन गर्दैनन् । घर चलाउन धौ–धौ भइरहेको छ ।’

नेपालमा पेट्रोल–डिजलको भाव प्रत्येक महिनामा बढेको कारण यहाँका किसान तथा निम्न बर्गिय परिवारहरुलाई आफ्नो जिविका चलाउन निकै मुश्किल भइरहेको । नेपाल आयल निगमले अझै पेट्रोलियम पदार्थको भाव बढ्न सक्ने संकेत गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।