राष्ट्रिय समाचार

धनगढीमा भोलिदेखि ‘सुदूरपश्चिम महोत्सव’ हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा भोलि देखी १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ । कोरोना माहामारीका कारण यो बर्ष ढिलो महोत्सब शुरु भएको हो । उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन्।
कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ। झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

बिज्ञापन

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।