खेलकुद

यू–१८ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

बिज्ञापन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने छ । जारी च्याम्पियनसिपमा लगातार हार व्यहोरेको नेपालले आज अन्तिम खेलमा बलियो टोली बंगलादेशसँग खेल्न लागेको हो ।

जमसेदपुरमा हुने खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

बिज्ञापन

च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।

तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

बिज्ञापन

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

बिज्ञापन