राजनीति

रामचन्द्र पौडेलले बोलाए जिल्ला सभापतिको भेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका छन् । शुक्रबार बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।

१४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।

बिज्ञापन

संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसयता संस्थापनइतर पक्षको भेलामा पौडेल बोलाइँदैनन् र सहभागी हुँदैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।