एमाले केन्द्रीय कमिटी बैठकमा रेखा झाले राखिन् प्रभु शाहमाथि असन्तुष्टि

काठमाडौ । नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य रेखाकुमारी झाले केन्द्रीय कमिटीको बैठकमा असन्तुष्टि व्यक्त गरेकी छन् ।
बिहीवार एमालेको केन्द्रीय कमिटी बैठकमा नेत्री झाले रौतहटमा भएको पार्टीको जिल्ला अधिवेशनलाई लिएर असन्तुष्टि जनाएकी हुन् ।
उनले जिल्ला अधिवेशन हलमा सबैले विरोध तथा असहमति जनाएको र हलले अनुमोदन नै नगरेको ५ पदाधिकारीलाई मध्यरातमा प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगेर सपथ खुवाएको भन्दै निन्दा समेत गरिन् ।
उनले भनेकी छन्,‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको बिरोध र असहमतिको बावजुद हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्य रातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु ।’
उनले केन्द्रीय कमिटीमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनको बुँदा नम्बर १ मा ‘अधिवेशनका अन्य काम सम्पन्न भएर पनि पर्सा जिल्ला कमिटीको नेतृत्व घोषणा गर्न बाँकी’ भन्दै गर्दा रौतहट जिल्ला छुटेको भन्दै ध्यानाकर्षण गराइन् ।

नेत्री झाले मधेस प्रदेश कमिटी अध्यक्षको राजनीतिक प्रतिवेदनमा रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाइन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
