कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले गरे बन्द आह्वान

काडठमाडौ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाली कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ ।
बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।
एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको काँग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए ।
बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
