स्वास्थ तथा सरसफाइ

नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी : ४० हजार उपचार बाहिर

बिज्ञापन

काठमाडौं । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ र ७५ ले नेपालमा वार्षिक रुपमा क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको हो ।जम्मा नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।

बिज्ञापन

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले एक कार्यक्रम गर्दै सार्वजनिक गरेको आर्थिक वर्षका २०७७र७८ को तथ्याङ्क अनुसार नेपालमा २८ हजार ६७७ जना क्षयरोग बिरामी उपचारमा दर्ता भएका छन् ।

क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या र उपचारमा आएका बिरामीको सङ्ख्याको अनुपात हेर्दा अझै प्रति वर्ष झण्डै ४० हजारभन्दा बढी मानिसहरुको रोग पत्ता लागेको र उपचारको दायरामा ल्याउन आवश्यक रहेको केन्द्रका निर्देशक डा। संजयकुमार ठाकुरले जानकारी दिनुभयो ।

सो सर्वेक्षणले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी रहेका छन् । १६ हजार बिरामीको मृत्यु हुने अनुमान उक्त सर्वेक्षणले गरेको छ ।

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ९१ प्रतिशत क्षयरोगीहरुको सफल उपचार हुने गरेको छ । औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या वार्षिक २२ सय छ । डा। ठाकुरका अनुसार यो सङ्ख्या जनसङ्ख्याको अनुपातमा हेर्दा अत्यान्त धेरै रहेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेको नेपाल पनि समावेश भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७७र७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए ।

यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागि उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा १६ सय ३१ जना व्यक्तिहरुको रोग पत्ता लागि उपचारमा ल्याउन झनै चुनौती देखिएको ठाकुर बताएका छन ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । जसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बच्चाहरु थिए । क्षयरोग नियमित उपचारल निको हुने रोग भएतापनी वर्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।

चिकित्सका अनुसार क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ ।

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्क अनुसार नेपालमा मृत्यु हुने काराणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ । उक्त तथ्याङ्कमा नेपालका आधा जनसङ्ख्या क्षयरोगबाट पीडित छन् ।

नेपालमा प्रत्यक दिन १९१ जना बिरामी थपिनुका साथै ४४ जनाको मृत्यु हुने अनुमान बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्कमा देखाएको छ ।

२४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्ष पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन लागिएको हो । यो वर्षको नारा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाआँै, जीवन बचाऔँ’ भन्ने रहेको छ ।

बिज्ञापन