आज पनि हावाहुरी र चट्याङ्गसहित हल्का पानी पर्ने

काठमाण्डौ । आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।
स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार आज पनि बेलुकीपख काठमाण्डौसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।

आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।
भोलिको मौसम पनि यस्तै रहने अनुमान छ । प्रि–मनसुनमा स्थानीय वायुको प्रभावकै कारण छोटो समयमा नै मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र असिना पानी पर्ने हुन्छ । अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
