घटना समाचार

गएराति लम्कीको एक मदिरा पसलमा सटर फोडेर चोरी

बिज्ञापन

लम्की । कैलाली जिल्लाको लम्कीको एक मदिरा पसलमा चोरी भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ मा नरेन्द्र शाहीले सञ्चालन गरेको कुइकाली ट्रेडर्समा बिहीबार राति सटर फोडेर चोरी गरिएको प्रहरीले बताएको छ ।

बिज्ञापन

उक्त पसलबाट ३ लाख ४० हजार नगद र १ लाख ३८ हजारको मदिरा चोरी भएको पसल सञ्चालक शाहीले बताए ।

चोरीमा संलग्नको खोजीका लागि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

बिज्ञापन