राजनीति

विवेकशील साझाको कार्यालयमा एकअर्काविरुद्ध नाराबाजी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा ​असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ ।

कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो ।

बिज्ञापन

त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।

सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समुहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।