घटना

बझाङमा २२ वर्षीया बुहारी बलात्कृत, जेठाजु पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । जिल्लामा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको छ।गोपनियताका कारण जेठाजु र बुहारीकै नाम भने प्रहरीले गोप्य राखेको छ ।

चैत १२ गते बेलुकी कोठामै गई हातमुख च्यापेर जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उनलाई स्वास्थ परीक्षणपछि हिंसा प्रभावितको क्षेत्रमा काम गरिरहेको महिला सुरक्षित आवास गृह (सेभ हाउस)को जिम्मा लगाइएको छ।

बिज्ञापन

बलात्कार आरोप लागेका जेठाजुलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत बझाङबाट सोमबार ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।