मलेसियाविरुद्ध नेपालको सहज जित
बिज्ञापन

काठमाडौ । त्रिकोणात्मक टी.२० सिरिज अन्तर्गत आज भएको नेपाल र मलेसियाको खेलमा नेपालले सहज जित निकालेको छ।
नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो। नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो।
बिज्ञापन

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको थियो।
नेपालका लागि दिलिप नाथ नटआउट रहँदै १५ रन र कुशल मल्लले २ रनको योगदान गरे। त्यस्तै आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१ रन जोडे। यस्तै रोहित पौडेल १२ रन तथा कुशल भुर्तेल १ रन जोडे।
बिज्ञापन
