डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गयो
लोक कल्याणकारी विज्ञापन

डोटी । डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिनुभयो ।
बिज्ञापन

घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए ।
उनको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
