देउवा दिल्लीदौडको रहस्य राष्ट्रियदलाली एमाले अध्यक्ष :के पी ओली

काठमाडौ ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा दिल्ली दौडको वास्तविक रहस्य राष्ट्रिय दलाली रहेको बताएका छन

नेकपा एमालेको सामाजिक सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष के पी शर्मा ओलीले देउवा सरकारले सरकारका सयदिन कार्यक्रममा राष्ट्रको प्रतिक चिन्नको रुपमा रहेको लिपुलेक,लिम्पियाधुरा, कालापानी सहितको नेपालको चुच्चे नक्सा हटाएर कार्यक्रम गरेको र हाल भारत भ्रमणमा रहदा पुनः उक्त गलती दोहोर्याएको बताउदै दिल्ली स्थिति नेपाली राजदुतावासमा रहेको नेपालको फुच्चे नक्सा हटाएर फुच्चे नक्सा राखेर राष्ट्रिय दलाली गरेको बताए ।

यसअघि नेपालका प्रधानमन्त्री हरु भारत भ्रमणमाजादा पुर्ब प्रधानमन्त्री हरुसंग सल्लाहगरेर जाने परम्परा रहिआएको थियो देउवाले त्यो परम्परा पनि तोडेका छ्न
उक्त कुरालाई लिएर पुर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गरेर जारी गरेको नेपालको चुच्चे नक्सा हटायर अहिलेको गठबन्धन सरकारले राष्ट्रको हित विपरीतकाम गरेको मात्रै छैन राष्ट्रको भौगोलिक अखण्डटासंग खेलवाड गरेको बताए।

ओली भन्नु हुन्छ प्रधानमन्त्री दिल्ली किनजानुभयो भन्ने कुरा फर्केपछि सोधौला भन्ने मैलेभनेको थिए राष्ट्रिय दलालिगर्न जानुभएको रहेछ भन्ने प्रष्टभएको छ । सत्ताका निम्ति राष्ट्रियता,भौगोलिक अखण्डतासंग खेलवाड गरेकोछ चुच्चे नक्साको बारेमा कसैले बोल्न सम्म आट नगरेको आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गरेर जारीगरेको राष्ट्रको प्रतीक चुच्चेनक्सा किनहटायो यहाँ बुद्धिजीवी हरु हुनुहुन्छ प्रश्न गर्नुस् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.