पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ । हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेको थियो ।
आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ । मौसमविद् हिरा भट्टराईकाअनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको हो । यो प्रणालीको प्रभाव हट्दै जाने भएकाले दिउँसोदेखि मौसम पूर्ण रुपमा खुल्ने पनि उहाँले बताउनुभयो ।

यस्तै, आज बेलुका पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका एक दुई ठाउँमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षको सम्भावना रहेको मौसमविदको भनाई छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
