राजनीति

स्थानीय तहको चुनावपछि देशमा राम्रा दिन सुरु हुन्छ : अध्यक्ष ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने बताउनुभएको छ । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गर्नुभएको हो ।

लोक कल्याणकारी विज्ञापन

निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सङ्घीय संसद्को चुनावपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘स्थानीय तह चुनावपछि राम्रा दिन सुरु हुन्छ । पछिको चुनावबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

लोक कल्याणकारी विज्ञापन

ओलीले स्वदेशी वस्तुको उत्पादन गरी देशमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गर्नु भयो । उहाँले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरूको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन