राजनीति

स्थानीय तहको चुनावपछि देशमा राम्रा दिन सुरु हुन्छ : अध्यक्ष ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने बताउनुभएको छ । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गर्नुभएको हो ।

निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सङ्घीय संसद्को चुनावपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘स्थानीय तह चुनावपछि राम्रा दिन सुरु हुन्छ । पछिको चुनावबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

बिज्ञापन

ओलीले स्वदेशी वस्तुको उत्पादन गरी देशमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गर्नु भयो । उहाँले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरूको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।