राजनीति

कैलालीमा पनि एमालेविरुद्ध पाँच दलीय गठबन्धन गर्ने निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । स्थानीय निर्वाचनमा कैलालीका पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठनन्ध प्रति पुर्ण प्रतिवद्ध रहने निर्णय गरेको हो।

नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा बार्ता समुहका सदस्य विमल जोशीले दलहरु गठबन्धन प्रति प्रतिवद्ध रहने निर्णय गरेको बताए । उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ ।

बिज्ञापन

आउँदो २५ गते २ बजे पुनः पाचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिए । आजको बैठकमा माओवादी केन्द्रका नेताको निधनका कारण उपस्थित हुन नसकेको बताइएको छ । २५ गते हुुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तीम चरणमा पुगाउने सहमति भएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजावदी) का केन्द्रीय सदस्य कैलाली इन्चार्ज, प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली काग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भिम बडुवाल, सचिव केशव मिश्र लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।