बिश्व

पाकिस्तानको संसद् विघटन मुद्दामा आजै फैसला हुँदै

बिज्ञापन

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दामा बिहीबार साँझ साढे सात बजे फैसला गर्ने भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री इमरान खानविरुद्ध परेको अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको आदेश र त्यसलगत्तै संसद् विघटन गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको सिफारिसको वैधानिकताबारे अदालत आफैँले जानकारीमा लिएर फैसला गर्न लागेको हो ।

फैसलालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिषरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश उमार अता बन्दियालले अध्यक्षता गरेको पाँच सदस्यीय बेन्चले मुद्दाको सुनुवाइ गरेको थियो ।

उपसभामुखको आदेश गलत ः प्रधानन्यायाधीश
प्रधानन्यायाधीश बन्दियालले सुनुवाइको क्रममा राष्ट्रिय सभाका उपसभामुख कासिम खान सुरीको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने ३ अप्रिलको आदेश गलत भएको स्पष्ट भएको बताएका थिए । उनले राष्ट्रिय सभाका उपसभामुख कासिम सुरीको आदेश पहिलो नजर मै संविधानको धारा ९५ को उल्लङ्घन भएको उल्लेख गरेका थिए ।

यस मुद्दामा बिहीबारसहित लगातार पाँच दिन बहस भएको थियो ।

प्रधानन्यायाधीशले राष्ट्रिय हित र व्यावहारिक सम्भावना हेरेर मात्र अदालत अघि बढ्ने बताएका छन् ।

डन र जिओटिभीबाट ।

बिज्ञापन