राष्ट्रिय समाचार

२० देशका लागि राजदूत सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी (जसपा) बाट डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई कतार वा मलेसियाका लागि सिफारिस गरिएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनको लागि राजदूत सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी ढजापानण, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।