खेलकुद

आईपीएल : दिल्लीमाथि लखनउको जीत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्सले उत्कृष्ट जीत हासिल गरेको छ । २२ वर्षीय आयुष बदोनीले आफ्नो टिमका लागि छक्का प्रहार गर्दै खेल जिताए ।

लखनउले दिल्ली क्यापिटल्सलाई छ विकेटले पराजित गरेको हो ।

बिज्ञापन

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

लखनउको जीतमा क्विन्टन डी ककले ८० अर्धशतकीय इनिङ खेले । कप्तान केएल राहुलले २४ रन बनाए ।

कुर्नाल पान्डय अविजित १९ तथा दिपक होडाले ११ रन बनाए ।

दिल्लीका कुलदिप यादवले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै ऋषव पन्तले अविजित ३९ र सर्फराज खानले अविजित ३६ रन बनाए ।

लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट लिए ।

जीतसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्ली ३ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।