खेलकुद

आईपीएलः गुजरातसँग पञ्जाब पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातले पन्जाब किङसलाई ६ विकेटले हराएको हो । पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

बिज्ञापन

गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

पन्जाबका लियाम लिभिङस्टोनले ६४, शिखर धवन ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए भने राहुल चाहर २२ रनमा अविजित रहे ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको पन्जाब ४ खेलमा २ अंक बनाएर छैटौं स्थानमा छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।