आरजुले बाँडिन भूमिहिन दलित परिवारलाई लालपूर्जा

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले भूमिहिन दलित परिवारलाई लाजपूर्जा वितरण गरेकी छन् ।
शुक्रबार धनगढी उप–महानगरपालिका वार्ड न. ९ का राष्ट्रिय भूमि आयोगले पहिचान र प्रमाणीकरण गरेका २१ भूमिहिन दलित परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको आरजुले जानकारी दिएकी छन् । यो प्रक्रिया क्रमबद्ध रुपमा अन्य वडाहरुमा रहने उनले उल्लेख गरेकी छन् ।

देशमै पहिलोपटक आरजुले भूमिहिन दलितलाई लाजपूर्जा बाँड्न सुरु गरेकी हुन् । आरजुले लालपूर्जा बाँडेपछि दलित बस्तीमा खुसियाली छाएको छ । देशैभरका भूमिहीनहरुलाई राष्ट्रिय भूमि आयोगले चाडैं नै जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउन आयोगले प्रक्रिया अगाडि बढाई सकेको पनि उनले जानकारी गराएकी छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
