राजनीति

बोल्न पनि नदिएका कारण नयाँ पार्टी : नेपाल

बिज्ञापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

बिज्ञापन

शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको जिकिर गरे । छोटो समयमा नै पार्टी बलियो भएको दाबी समेत गरे ।
उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको अवस्था बिजोग रहेको टिप्पणी पनि गरे । एमालेमा रहँदा आफूले निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरू कसैले लिन खोजेको उनको भनाइ थियो ।

अहिले आफूहरूलाई अरूको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनले उल्लेख गरे । आउँदो निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमानदारीपूर्वक जनतामाझ जान नेता–कार्यकर्तालाई आग्रह गरे ।

बिज्ञापन