अवर्गीकृत

कविताको टाउकोमा बोतल–ढुंगाले हानेर यसरी भएको थियो हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उदयपुरकी १५ वर्षीया बालिका कविता सुनुवारको हत्या व्यक्तिगत रिसईबीका कारण गरेको आरोपित १७ वर्षीया सरिता ढकाल खत्रीले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सरिता केही दिन अघिदेखि नै कवितासँग बदला लिन चाहन्थिन् । उनी कवितासँगै कोसी जनता रामपुरमा १० कक्षामा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार कविताले आफूलाई बारम्बार होच्याउने, चिढ्याउने गरेकाले यही रिसईबीमा ठूलो बुवाको छोरासँग मिलेर कविताको हत्या गरेको सरिताले बताएकी हुन् । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका सरिता र विनोदबारे हिजो नै प्रेस विज्ञप्तिमार्फत औपचारिक जानकारी गराएको थियो ।

बिज्ञापन

२२ चैत बिहान ४ः०५ मा सरिताले कवितालाई स्कुल सँगै जानुपर्छ, म आउँदै छु भनेर एसएमएस गरेकी थिइन् । त्यसपछि उनीहरू सँगै स्कुलतिर निस्केका थिए । उनीहरूबीच अन्तिम एसएमएस बिहान ४ः३१ बजे भएको देखिन्छ । ’यसको मतलब घटना ५ बजेतिर भएको हुनुपर्छ’, एसपी बोहराले भने ।

प्रहरीसामु सरिताले बताएअनुसार उनलाई कवितासँग व्यक्तिगत रिसईबी थियो । मौका छोपेर उनी कवितासँग बदला लिन चाहन्थिन् । उनले ठूलो बुवाका छोरा १९ वर्षे विनोद ढकाललाई कवितासँग बदला लिने कुरा सुनाइन् । भारत सिक्किम घर भएका विनोद काका जितबहादुर ढकाल खत्री (सरिताका बुवा) को घरमा बसेर पढ्थे । उनी पनि कविताका सहपाठी नै थिए । उनीहरूले २२ गते (मंगलबार) ट्युसन जाने समय पारेर कवितालाई मार्ने योजना बनाए । सोहीअनुसार सरिताले कवितालाई मेसेज गरिन् । र, घरसम्म लिन पनि गइन् । उनीहरूको घरबीचको दूरी करिब एक किलोमिटर छ ।
कविता र सरिता घरबाट करिब साढे ४ बजेतिर निस्केका थिए । पछिपछि गएका विनोदले कवितालाई हान्न खाली बियरको बोतल लुकाएर लगेका थिए । घरबाट करिब दुई किलोमिटर पूर्व डंगटोलमा पुगेपछि सरिता र विनोदले कवितालाई रोके र बियरको बोतलले टाउकोको पछाडिको भागमा हाने । घाइते कविता चिच्याउन थालिन् ।

त्यसपछि अरूले थाहा पाउने डरले दुवै जनाले कवितालाई ढुंगाले हानेर कर्तव्य गरी मारे । अनि उनीहरूले लासलाई करिब ४० मिटर दक्षिणतिर घिसार्दै लगे । यशोधा खोला किनारमा राखिएको काठको गोलियाको छेउमा लास राखी भागे ।
त्यही दिन साँझ ५ बजे कविताका बुवा कृष्ण सुनुवारले सरिता र विनोदविरुद्ध इलाका प्रहरी कार्याल रामपुर ठोक्सीलामा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका दुई जनामध्ये प्रहरीले विनोदलाई मात्र सार्वजनिक गरेको छ । सरिताचाहिँ बालिका भएकाले उनलाई सार्वजनिक नगरिएको एसपी बोहराले बताए । जिल्ला अदालत उदयपुले सरिताको हकमा २२ चैतदेखि लागू हुनेगरी पाँच दिन र विनोदलाई सात दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।