घटना

महाकालीमा डुबेर महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला । दार्चुलामा महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । आइतबार महाकाली नगरपालिका–४ स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी २८ वर्षीया दमन्ती धामीले ज्यान गुमाएकी हुन् ।
उनले रिङनतालको सिढीबाट महाकाली नदीमा हाम फालेको स्थानीयले देखेका थिए । त्यस लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २ किलोमिटर तल महाकाली नगरपालिका–५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट उनको शव निकालेका हुन् । उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन