सत्ता गठबन्धन बैठक बस्दै, चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ ।
बैठकले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतवारको बैठकमा सोमवार शीर्ष नेतासँग बैठक बस्ने निर्णय भएको थियो ।
आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
