अर्थ

मोबाइल, फर्निचर, चुरोट, रक्सीलगायतका वस्तु आयातका लागि एलसी नखोल्ने बैंकर्स सङ्घको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाण्डौ । देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्तीमा एक हप्तासम्म विलासी वस्तु आयातका लागि एलसी नखोल्ने र थप निर्णय अर्को बैठकले गर्ने एक सीईओले बताएका छन् ।

बिज्ञापन

राष्ट्र बैंकको मौखिक निर्देशन भएकाले यसअघि बैंकका केही शाखाले विलासी वस्तु आयातका लागि पनि एलसी खोल्दै आएकोमा अब बैंकर्स सङ्घले नै आधिकारिक निर्णय गरेकाले मोबाइल, रक्सी, फर्निचर लगायतका वस्तु आयातमा एलसी खोल्ने काम बन्द भएको छ ।

डलरको सञ्चिति घट्ने क्रम रोक्न राष्ट्र बैंकले यसअघि नै झन्डै एक हजार तीन सय प्रकारका वस्तु आयातका लागि एलसी खोल्दा पचासदेखि एक सय प्रतिशतसम्म नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । बैंकर्स सङ्घको आजको निर्णयले विलासी वस्तुको आयात कम हुने र डलर सञ्चितिमा केहि राहत हुने अनुमान गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।