मुम्बईमा आतंकवादी हमलाका ‘मास्टरमाइण्ड’ लाई ३२ वर्ष जेल
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । पाकिस्तानी अदालतले मुम्बई आतंकवादी हमलाका ‘मास्टरमाइण्ड’ हफिज सइदलाई ३२ वर्षको जेल सजाय सुनाएको छ ।
पाकिस्तानको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित जमात–उद–दावाको प्रमुख समेत रहेका सइदलाई शुक्रबार ३२ वर्षको जेल सजाय सुनाएको हो ।
बिज्ञापन

उनलाई आतंककारीलाई आर्थिक सहयोग गरेको भन्ने थप दुई मुद्दामा उक्त जेल सजाय सुनाइएको छ । ७० वर्षीय कट्टरपन्थी धर्मगुरुलाई यसअघि पनि यस्ता पाँचवटा मुद्दामा ३६ वर्षको जेल सजाय सुनाइसकिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
