राजनीति

कमल थापाकी छोरी प्रतिष्ठाले छाडिन् राप्रपा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी छाडेकी छन्।

उनले केन्द्रीय सदस्य र पार्टी साधारण सदस्यबाट अलग भएको बताएकी छन्।

बिज्ञापन

पार्टीलाई राजीनामा पत्र बुझाउँदै उनले भारी मनका साथ राप्रपा छाड्नुपरेको उल्लेख गरेकी छन्। उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेको पनि बताएकी छन्।

प्रतिष्ठा कमल थापाकी छोरी हुन्। उनले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पनि राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोलेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।